
महेन्द्रनगर : धनुषा जिल्ला स्तरीय प्रतियोगिता अन्तर्गत भएको राष्ट्रिय युवा परिषद्को आयोजनामा सञ्चालित “समृद्ध राष्ट्र निर्माणका लागि युवाका विचारहरू” लेखन प्रतियोगिता सोमबार सम्पन्न भएको छ ।
२१ दिने सुचना प्रवाह गरे अनुसार , सोमबार उक्त प्रतियोगितामा भएको हो । श्रिरेशवरनाथ नगरपालिकाको अयोजनामा भएको उक्त प्रतियोगितामा धनुषा जिल्लाको विभिन्न पालिकाहरबाट १६ वर्ष देखि २४ वर्ष उमेरका छात्र- छात्राहरुको सहभागिता रहेका थिए । उक्त प्रतियोगितामा प्रथम स्थान ल्याउन सफल भएका छात्र धनुषाधाम नगरपालिकाको विधार्थी भएको छ भन्ने दितिय, तृतीय र सान्त्वना पुरस्कार हासिल गर्न सफल भएको जिल्ला धनुषा मिथिला नगरपालिका वार्ड नं-२ नक्टाझिजमा अवस्थित श्री जनता माध्यमिक विद्यालय नक्टाझिज-६ , कक्षा-१० मा अध्ययनरत विद्यार्थी उमेश श्रेष्ठ दितिय स्थान ल्याउ सफल भएको छ भने सोहि विधालयको कक्षा -१० मै पढने अमित कुमार राय तृतीय स्थान ल्याउन सफल भएको छ भन्ने फेरि पनी श्री जनता माध्यमिक विद्यालय कै कक्षा-१० मा पढ्ने कृष्ण कुमार साह सान्त्वना स्थान ल्याउन सफल भएको छ। तिनवटै विधार्थी (दितीय, तृतीय र सान्त्वना हुने) सबै श्री जनता माध्यमिक विद्यालय नक्टाझिजका छात्र हुन् ।
प्रतियोगिताको समय २ घण्टा ३० मिनेट थियो र विषय ” समृध्द राष्ट्र निर्माणका लागि युवाका विचारहरू” भन्ने शिर्षक मा विधार्थीहरुले आ- आफ्नो विचार प्रस्तुत गरिएका थिए । कार्यक्रमको विषय अतिनै समय र आवश्यकता अनुसार भएको कुरा श्रीरेशवरनाथ नगरपालिकाको प्रमुख योगेन्द्र पजियारले आफ्नो मन्तव्य व्यक्त गर्दै भनिएको छ। प्रतियोगितामा प्रथम स्थान ल्याउने विधार्थीलाई ७ हजार ५०० सय नगद सहित प्रमाण पत्र दिई सम्मान गरेको थियो भने दितिय पुरुस्कार को राशि ५००० हजार सहित प्रमाण पत्र, तृतीय स्थान ल्याउने विधार्थीलाई ३ हजार ५०० सय नगद सहित प्रमाण पत्र र सान्त्वना पुरस्कार प्राप्त गर्ने विधार्थीलाई रु ३ हजार ५०० सय नगद र प्रमाणपत्र दिई सम्मान गरेका थिए । प्रथम हुने विधार्थी प्रदेश स्तरीय प्रतियोगितामा समेत भाग लिनपाइनेछ ।
सोही कार्यक्रमको सम्बोधन गर्दै शिक्षा, युवा खेलकुद शाखा प्रमुख युवराज काफ्ले का अनुसार यस्तो कार्यक्रम अझै हुने बताएको थियो । कार्यक्रममा श्रिरेशवरनाथ नगरपालिकाको नगर प्रमुख योगेन्द्र पजियार, शिक्षा युवा खेलकुद शाखा प्रमुख युवराज काफ्ले, धनुषा प्याब्सनका अध्यक्ष गणेश साह, विभिन्न बिधालयहरु को प्रधानध्यापक, वरिष्ठ शिक्षक रोहित महतो सहित विभिन्न पालिका बाट आएका शिक्षकहरुको सहभागितामा उक्त कार्यक्रम महेन्द्रनगरको गंगोत्री स्कुल मा सम्पन्न भएको छ ।