
जनकपुरधाम : यस वर्ष पनि ‘मिस्टर एण्ड मिस रौनियार २०२१’ आयोजना हुने भएको छ । सो आयोजनका लागि माघ महिनाको ३ गते जनकपुरधाममा पनि अडिसन हुने आयोजक एम्मी ईन्टरटेन्मेन्टले जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरि जनाएको छ ।
एम्मी ईन्टरटेन्मेन्टका एम्मी रौनियारले भने, ‘हामी काठमाण्डौं बसेर बलिउडसंगको समन्वयमा विभिन्न काम गरिरहेका थियौं, पछि लाग्यो आफनो समुदायको युवाहरुलाई पनि यसक्षेत्रमा अवसरको सृजना गर्न आवयश्क छ ।’ आयोजनका लागि माघ ७ गते पर्साको बिरगंज र माघ १० काठमाण्डौंमा पनि अडिशन हुने आयोजकले बतायो ।
गत वर्षको ‘मिस्टर एण्ड मिस रौनियार २०२०’ मा सहभागिता जनाएका जनकपुरधामका युवा विराट रौनियारले पनि आफनो कला र क्षमता देखाउन सकिए अवसर धेरै रहेको बताए । विजेता प्रथम दोस्रो र तेस्रो हुने मिस्टर र मिस दुवै तर्फका लाई नगद एकलाख, पचास हजार र पचिस हजार सहित म्युजिक भिडियो, ब्रान्डेड एड, कलिउड र बलिउडमा अवसर प्रदान गरिने आयोजकको भनाई छ ।
व्यापार र व्यवसायमा मात्र समिति रौनियार समुदायका युवाहरुलाई पनि कला, मनोरञ्जन तथा मोडलिङ्गको क्षेत्रमा ल्याएर हस्तीको रुपमा स्थापित गर्न आयोजना गरिएको दावी छ । मोडलिङ्ग गर्दा रौनियार समुदायको संस्कृती, रितिरिवाजलाई एकदमै ध्यानमा राखि सोहि किशिमको भद्र पोशाकलाई प्राथमिकता दिइने र कुनै पनि अभ्रदताको गुनासो आउन नदिने आयोजकले प्रतिवद्वता जनाएको छ।