
काठमाडौँ : काठमाडौँको रत्नपार्क भद्रकाली सडक खण्डमा यात्रुबाहक बस बीच बाटोमै पल्टिएको छ ।
तीब्र गतिको बसमा एक्कासी ब्रैक लगाउँदा बस पल्टिएको हो ।
रत्नपार्क–भद्रकाली सडकखण्डमा बा ३ ख ४४३७ नम्बरको बस दुर्घटना भएको हो । भद्रकाली नजिकैको आकासे पुल नजिकै चन्द्रागिरि यातायातको बस बिहीबार बिहान ८ बजे सडकमै उत्तानो परेको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी श्यामकृष्ण अधिकारीका अनुसार अत्याधिक तीब्र गतिमा रहेको बसमा एक्कासी ब्रेक लगाउँदा बस सडकमै उत्तानो परेको हो । उनका अनुसार दुर्घटनामा तीनजना घाईते भएका छन् । जसमध्ये चालकको अवस्था गम्भीर छ ।
सडकमै बस पल्टिएपछि केहीबेर सवारी आवागमन प्रभावित भएको थियो । अहिले बसलाई सडकबाट पन्छाएर सवारी सञ्चालन गरिएको छ ।