सप्तरी : सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१४ रामपुरमा बाल विवाह गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई सोमवार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका बस्ने १५ वर्षीया बेहुली, तिरहुत गाउँपालिका-३ बस्ने बेहुला ४३ वर्षीय बिनोद सुतियार, विवाह गराउने कार्यमा संलग्न सोही ठाउँ बस्ने ६७ वर्षीय रामेश्वर शर्मा र बेहुलीकी ४५ वर्षीया आमा रहेका छन् ।

उक्त ठाउँमा बालविवाह भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी रामपुरमल्हनियाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७७ माघ ६, मंगलवार १४:३४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय