
एजेन्सी : युभेन्टसले इटालियन सुपर कपको उपाधि जितेको छ ।
युभेन्टसले सिरी ‘ए’ प्रतिद्धिन्द्धी नेपोलीलाई २–० ले पराजित गर्दै सुपरकपको उपाधि हात पारेको हो ।
स्टेडियो मापेइमा बुधबार राति भएको खेलमा ६४औँ मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए ।
इन्ज्युरी समयको पाँचौँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै युभेन्टसलाई २–० जित सुनिश्चत गर्दै उपाधि दिलाए ।