
महोत्तरी : प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा नेपाली काँग्रेसले विहिबार प्रदेश २ सहित देशभरका सबै वडामा प्रदर्शन गरेका छन् ।
‘संसद पुनःस्थापना गर, अधिनायकवाद मुर्दाबाद, केपी ओली मुर्दाबाद’ लगायतका नारा लगाउँदै नेपाली काँग्रेसले महोत्तरीको मनरा सिसवा नगरपालिका लगायत देशभरका ६ हजार ७४३ वडामा प्रदर्शन गरिएको छ ।
यसैबीच महोत्तरीको मनरा सिसवा नगरपालिका वडा नम्बर ३ बाट निस्केको विरोध जुलुस वडाका महरा टोल, मुसहारी टोल, डीस्थान लगायतका विभिन्न टोल हुँदै सोनोल बजारमा कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै वडाध्यक्षको प्रत्याक्षी नेपाली कांग्रेसका युवा नेता अशोक कुमार अधिकारीले “नेपाली कांग्रेस एउटा विचारधारा रहेको छ , जुन विचारधाराबाट अहिले देश र समाज चल्दैछ, त्यही विचारधारामा रहेर हामी नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको छ , जुन अलोकतान्त्रिक र असंवैधानिक रहेको बताउँदै ओली विरुद्ध संघर्षमा उत्रिएको बताए ।
नेपाली काँग्रेस महोत्तरी नेपाल दलित संघको जिल्ला सभापति उमेश पासवानले प्रधामन्त्री ओलीको गैर संवैधानिक कदमले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार आज हामीले देशव्यापी रुपमा प्रदर्शनमा उत्रेका बताए । देशमा संबिधान हुनुपर्छ अनि देश चलछ तर संबिधान विपरीत चलेको कदम विरुद्द हामी कडा भन्दा कडा आन्दोलनमा उत्रिने नेता पासमानले बताए ।
नेपाली काँग्रेसका जिल्ला कार्य समिति सदस्य ललित यादवले नेपाली कांग्रेस विना देशको कल्पना पनि गर्न नसक्ने बताए । उनले “ मुलुक ठूलो दुर्घटनामा फस्दै गएको छ , प्रधामन्त्री ओलीले जमतको अपमान गरेको छ, हामी जनताको अधिकारको लागि अवाज उठाईरहने बताए ।