जनकपुरधाम । महोत्तरीको भंगहामा महिलालाई बलात्कार गरेको आरोपमा पुर्पक्षकालागि थुनामा रहेका वडा सचिव कारवाहिबाट उम्किन आर्थिक चलखेल थालेको छ । पिडित महिलालाई आर्थिक प्रलोभनमा पारेका वडा सचिव पक्षले उच्च अदालत जनकपुरबाट उम्किन समेत चलखेल थालेको हो ।

भंगहा नगरपालिका–९ हरिणमरीका ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत महोतरीको आदेशमा भंगहा नगरपालिका वडा नं. ९ का ५२ वर्षीय वडा सचिव मिथलेश यादव पुर्पक्षकालागि थुनामा छन् । थुनामा रहेको वडा सचिवले उच्च अदालत जनकपुरमा पुनरावेदन गरी आर्थिक चलखेल शुरु गरेको हो ।

०७७ मंसिर २० गते उच्च अदालत जनकपुरमा दर्ता भएको कैफियत प्रतिवेदन मुद्धामा माघ ८ गते न्यायधिश प्रकाश चन्द्र गजुरेल र शकुन्तला घिमिरेको इजलासले सक्कल कागजात मगाउन आदेश दिएको थियो । यस अघि ३ पटक मुद्धाको पेसी स्थगित गरिएको थियो । पिडित महिलालाई आर्थिक प्रलोभनमा पारेका आरोपित वडा सचिवका पक्षले पछिल्लो समय उच्च अदालत जनकपुरमा फाटबला कर्मचारी र अन्य माध्यमबाट आन्यलयलाई प्रलोभनमा पार्ने प्रयास गर्दै आएको छ ।

पिडित महिलालाई तठस्थ बस्न ३ लाख नगद दिइएको चर्चा भएपनि प्रमाण भने भेटिएको छैन । यस अघि आरोपित महिलालाई १० लाख रुपैयाँ र १० कठ्ठा जग्गा लिएर अदालतमा बयान फेर्न भनेका थिए । घरमा श्रीमान्ले बनाएको टोकरी बेचेर हरिणमरी बजारबाट असोज १४ गते घर फर्किंदै गर्दा ३५ वर्षीया महिलालाई वडासचिव यादवले बलात्कार गरेको आरोप छ । घटनालगत्तै प्रहरीले आरोपित वडासचिव यादवलाई पक्राउ गरेको थियो । घटनालगत्तै आरोपित वडासचिव यादवले गाउँकै एक नेताको घरमा गई मेलमिलाप गराइदिन अनुनय गरेका थिए ।

https://www.facebook.com/nepalvani2/posts/294338462279440?__cft__[0]=AZWzyDzOFhQvwV6SVxnEuoLEGiRsxSlq5Wh3LD1fthYR_pXiUkt3PGryDTejAWQJ8nuogy1oAfSuwJCI-GcYpVYCOmfqfyM4ectFs45i4tJp_0aYWAhXiHPz0-SYdH1bgIMa4wgC_FPThmQc1cHzrtcDhdC3u7MEibv2Cqca6mOFm9Vd5aCeBAtnaKnOvRxj8Gs&__tn__=%2CO%2CP-R

२०७७ माघ १५, बिहीबार ११:०९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय