
काठमाडाैं : काठमाडौंको तारकेश्वर नगरपालिकामा बर्ड फ्ल्यू फेला परेको छ । नगरपालिकाको फुटुङका किसानले पालेका टर्की हाँसमा बर्ड फ्ल्यू पुष्टि भएकोे पशुु सेवा विभागले जनाएको छ ।
हाँस मर्न थालेपछि बर्ड फ्लूको आशंकामा परीक्षण गर्दा पुष्टि भएको विभागले जनाएको छ। लगत्तै त्यहाँका १८६५ हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की नष्ट गरिएको छ ।
रोग फैलिन नदिन सरकारले उच्च सतर्कता अपनाइएको पनि जानकारी दिएको छ ।