
एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले संघर्षपूर्ण जित निकालेको छ ।
शनिबार राति भएको खेलमा सिटीले सेफिल्ड युनाईटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन गाब्रियल जिससले निर्णायक गोल गरे ।
जिससले खेलको नवौं मिनेटमा निर्णायक गोल गरेका थिए । जितसंगै सिटीले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ ।
सिटीले २० खेलमा ४४ अंक जोडेको छ । सेफिल्ड ८ अंक जोडेर पुछारमा रहेको छ ।