जनकपुरधाम : विभिन्न देशहरू साउदी ,कतार ,मलेशिया ,कोरिया र ईन्डिया मा काम गरिरहेका प्रदेश न. २ धनुषा जिल्लाको धनुषाधाम न.पा. – ५ को युवाहरू मिलि करिब १ महिना अगाडि २०२१ जनवरी १ तारिक दिन यस ” नाैसय विग्हा समाज सहयोग युवा समूह ” को गठन गरेको छ । समाजमा भैइरहेको उतशृखल घटना हरुलाई ध्यानमा राखी हरेक घटना लाई उजागर गर्नुको साथै प्रमुख उदेश्य गरिब, दिन दुखी,अशाय पीडित हरुलाई सहयोग गर्नु नै हाम्रो संस्था को उदेश्य हो भनी संस्था का संयाेजक विजय कुमार मण्डल ले जानकारी गराउनु भएको छ।

संस्था लाई १ महिना मात्रै पुगे पनि २०७७ साल माघ २० गते मंगलबार का दिन नाैसय विग्हा समाज सहयोग युवा समूह द्वारा धनुषा जिल्लाको कमला नगरपालिका वार्ड न.७ (हथमुन्डा )मा बस्ने विना देवी सदा लाई खाद्यन्न , लुगाकपडा र पशु सहयोग गरेको छ । जसमा बाख्रा २ थान, चामल १००किलो ,दाल १० किलो ,आलु ३०किलो ,नुन १०किलो ,प्याज ६किलो, खाने तेल ६ किलो, सुवाविन १० किलो साबुन २ दर्जन र चिसाे मा प्रयोग गरिने लुगाकपडा जस्तै सिर्क २ थान सुईटर 7 थान टाेपि ५ थान साडि २ सेट पटिया २ थान सहयोग गरेको छ।

त्यसै गरि यसै संस्था द्वारा धनुषा जिल्ला विदेह नगरपालिका वाड न.-३ गाेबराही मिती २०७७/१०/१२ गते विनाेद महरा काे ट्रेक्टर दुर्घटनामा मृत्यु भएको थिए उहाको परिवार ले Facebook मार्फत सहयोग काे लागि अपिल पनि गरेका थिए मृतक महराको घरमा श्रीमती र २ बर्ष काे र अर्को ५ बर्ष बर्षको दुई बच्चा छन भने ५ महिनाको बच्चा गर्भमा रहेको छ। हामीलाई जानकारी हुन साथ महरा परिवार लाई नाैसय विग्हा समाज सहयोग युवा समूह द्वारा नगद रकम रु २५,००० हजार सहयोग गरेको कुरा संयाेजक विजय कुमार मण्डल ले बताउनु भयो साथै भोलि को दिनमा पनि यस संस्था ले पीडित हरुलाई सहयोग गर्न तत्पर रहने प्रतिबद्धता गर्नु भयो।

sahyog-nepalvani1

२०७७ माघ २१, बुधबार १९:४६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय