सिरहा : ग्लोबल आईएमई बैंक लिमिटेडले सिराहाको सुखीपुर नगरपालिका ८ को सुखीपुर बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयको सङ्ख्या दुई सय ६९ पुगेको छ ।

बैंकले सात प्रदेश तथा ७४ जिल्लामा दुई सय ६९ शाखा, दुई सय ४२ एटीएम, दुई ४५ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्शन तथा राजस्व सङ्कलन काउण्टर तथा तीन वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरि झण्डै आठ सय सेवा केन्द्रबाट ग्राहक वर्गलाई सेवा दिइरहेको जनाएको छ ।

नयाँ शाखा सञ्चालनमा आएसँगै त्यस क्षेत्रका ग्राहकलाई सुविधा हुने बैंकले विश्वास लिएको छ ।

२०७७ माघ २८, बुधबार ०७:०२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय