महोत्तरी : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका ३ मा रहेका श्री माध्यमिक बिद्यालय खखना लोतनामा बिहिबार बाट दुई दिवसिय बृहत अतिरिक्त क्रीयाकलाप प्रतियोगिता शुरु भएको छ।

बिहिवार प्रतियोगिताको बिधिबत रुपमा उदघाटन गरि शुरु गरिएको छ। उदघाटन शत्रको प्रमुख अतिथी सोनमा गाउपालिकाका प्रमुख राजकुमार यादव, विशिष्ट अतिथी उप प्रमुख बिभा देबि साह, अतिथी गापा प्रवक्ता अशोक कुमार यादव, शिक्षा संयोजक राज कुमार साह, नेपाल शिक्षक महासंघ सोनमाका उपाध्यक्ष धर्मेन्द्र कुमार यादवको उपस्थिती रहेको थियो।

उदघाटन शत्रमा बोल्दै गापा प्रमुख राजकुमारले भनु भयो कि बिद्यार्थीहरु लाई जती पढाइ आवश्यक छ त्यतीनै खेलकुद र अन्य प्रतियोगिता पनी आवश्यक छ। नमुना बिद्यालय बनाउन सबभन्दा पहिले अनुशासन को आवश्यकता पर्छ त्यो यस बिद्यालयमा देखियो।

त्यस्तै गापा शिक्षा संयोजक राजकुमार साहले भनु भयो कि खेलकुदले बूढो लाई पनि जवान बनाउचा त्यसैले सधै खेलकुद संग नाता जोडेर राख्नु पर्छ।

गापा प्रमुखले क्रीकेट बैटबाट बैटिङ, गापा प्रवक्ता अशोक कुमार यादवले बलिङ तथा गापा उप प्रमुख बिभा देबी साहले इम्पारिङ गरि उदघाटन गरिएको थियो।

बिहिबार भएको खेलहरुमा क्रीकेट तर्फ कक्षा ८ र कक्षा १० बिजय भएका छ्न। भलिबल तर्फ कक्षा १२ बिजय भएका छ्न। त्यस्तै म्युजिकल चेयरमा माबी तर्फ बाट नेहा प्रथम, राग्नी साह दोस्रो तथा निलु तेस्रो भएका छन । नि मा बी तर्फ पुजा यादव प्रथम, चंचला यादव दोस्रो तथा चान्दनी पासवान तेस्रो भएका छ्न।

त्यस्तै छात्रा तर्फको १०० मिटर दौडमा माबीको विना चौधरी प्रथम, राम दुलारी यादव दोस्रो तथा काजल यादव तेस्रो भएका छ्न, निमाबी तर्फ चान्दनी पासवान प्रथम, पुजा कुमारी यादव दोस्रो तथा रंगिला यादव तेस्रो भएका छ्न।

बाकी रहेका अन्य खेलकुद र प्रतियोगिताहरु शुक्रबार गराउने कुरा बिद्यालयले जनाएको छ।

बिद्यालयले बृहत अतिरिक्त क्रीयाकलाप प्रतियोगिता गराउन दुई ओटा छुटा छुट्टै समिती बनाएका छ्न जसमा अतिरिक्त क्रीयाकलापमा संयोजक कामेशर प्रसाद यादव, सदस्यहरुमा लैलिन यादव र निलम कुमारी यादव रहेको छ। त्यस्तै खेलकुद तर्फको समितीमा संयोजक बिनय कुमार यादव, सदस्यहरुमा बिनोद ठाकुर, त्रीलोक बिक्रम यादव रहेको कुरा प्र अ कौशल कुमार यादवले बताएको छ।

२०७७ माघ २९, बिहीबार १७:१९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय