काठमाडौं : सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले बैतडीको दोगडाकेदार गाउँपालिका–७ चेडेपानीकी १७ वर्षीया भागरथी भट्टको घटनालाई प्रहरीले साँघुरो बनाउँदै ल्याएको बताएका छन्।

सुवेदीले भागरथी बलात्कार तथा ह’त्या घटनामा प्रहरी निकै चनाखो भएर घटनालाई साँघुरो बनाउँदै अघि बढेको बताए । उनले भने, “कतिपय अनुसन्धानका कुरा अहिले नै भन्न सकिँदैन, भागरथी घटना निकै साँघुरो बनाउँदै ल्याएका छौँ, चाँडै हत्यारा पत्ता लाग्नेमा विस्वस्थ भएका छौँ ।” भागरथीका हत्यारा तथा बलात्कारीको खोजी अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख (डिआइजी) सुवेदी र प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेयसहितको टोली बैतडीमै खटिएको छ ।

उक्त घटनाका हत्यारा अहिलेसम्म पनि कोही पक्राउ नपरेको भन्दै डोटी जिल्लासहित समग्र सुदूरपश्चिममा दिनहुँ विद्यार्थीले आन्दोलन गर्दै आएका छन् । भागरथी भट्टको हत्यारालाई चाँडो खोज गरी कारवाहीको माग गर्दै यहाँका सबै जिल्लामा प्रायः दैनिकजसो प्रदर्शन हुन थालेको छ । सहकर्मी विद्यार्थी साथीलाई बलात्कार गरी हत्या गरेको हप्ता दिनभन्दा बढी समय बितिसक्दासमेत हत्यारा तथा बलात्कारी पत्ता नलागेको भन्दै यहाँका विद्यार्थी आन्दोलनमा उत्रिन थालेको अनेरास्वयु डोटीका सहसंयोजक प्रकाश जोशीले बताए ।

२०७७ माघ ३०, शुक्रबार ०७:५४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय