
काठमाडौँ : पैसा लेनदेनमा विवाद भएपछि कञ्चनपुरकी एक युवतीले आफ्नै प्रेमीविरुद्ध उजुरी छन् ।
युवतीले उजुरी दिएसँगै भीमदत्त नगरपालिकास्थित महेन्द्रनगरमा रहेको जनज्योति बहुमुखी क्याम्पसमा अध्ययनरत सरोज रोकायालाई प्रहरीले पक्राउ गरेको छ । ती युवतीले प्रेमी रोकायालाई आवश्यक परेको बेलामा पैसा सापटी दिए थिइन् । तर, सो रकम फिर्ता माग्दा रोकायाले मदिरा सेवन गरेर उल्टै थर्काएपछि युवतीले उजुरी दिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जानकारी दिएको छ ।