रौतहट : रौतहटमा ट्र्याक्टर दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ भने ट्र्याक्टरमा सवार ७ महिला घाइते भएका छन् । चन्द्रपुर–९ चेतनगर बस्ने ६५ वर्षीया कलावती चौधरीको मृत्यु भएको हो । उनी ट्र्याक्टरमा सवार थिइन् ।

संग्रामपुरबाट मोथियाही गाउँमा बिहीबार आउँदै गरेको ना ७ त १३२५ नम्बरको ट्र्याक्टर दुर्घटना भएको थियो । चन्द्रपुर–१० पडहरिया चोक नजिक ट्र्याक्टर सडकबाट तल खसेर दुर्घटना हुँदा घाइते भएकी कलावतीको उपचारका लागि ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी लिलाराज लामीछानेले जानकारी दिए ।

दुर्घटनामा घाइते अन्य ७ जनाको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ । संग्रामपुरबाट चन्द्रपुर नगरपालिका–६ स्थित मोथियाहीमा विवाहपछि ढोगभेट फुकाउन आएका महिलाहरु दुर्घटनामा परेका हुन् । ट्र्याक्टर सडकबाट तल पल्टिएर दुर्घटना भए लगत्तै चालक फरार छन् । फरार चालकको खोजी भइरहेको इलाका उनले बताए ।

घटनाबारे थप अुनसन्धान भइरहेको प्रहरीले चन्द्रनिगाहपुरले जनाएको छ । File Photo

२०७७ फाल्गुन ७, शुक्रबार १८:१६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय