सप्तरी : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पोडैलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर आन्दोलन आउन चुनौती दिनु भएको छ ।

पौडेलले ओलीले सत्तामा बसेर आन्दोलनको धम्की दिनु हाँस्यास्पद भएको बताउँदै हिम्मत भए सत्ता छोडर आन्दोलनमा आउन चुनौती दिनुभयो । राजविराजमा नेपाल प्रेस युनियन सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेलले प्रजातन्त्रको लागि ओली खतरा भएको र ओलीको तानाशाहबाट देशलाई बचाउन अपिल गर्नुभयो ।

‘सत्तामा बसेर आन्दोलन गर्छु भन्न मिल्छ रु’ भन्ने प्रश्न गर्दै उहाँले ‘संसदको पुनर्स्थापना भयो भने ओली सकिन्छन्, त्यसैले अब न्यायालयलाई धम्की दिन थालेको आरोप लगाउने भयो । उहाँ संविधानमा नभएको धारा प्रयोग गरेर ओलीले संसद विघटन गरेको बताउनु भयो ।

मधेश सम्मान यात्राको क्रममा राजविराज आई पुग्नु भएका पौडेलले सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्ने कुरामा आफ्नो पार्टी विश्वस्त रहेको बताउनु भयो । संविधानको कुनै पनि धारामा संसद विघटनको प्रावधान उल्लेख नरहेको बताउँदै उहाँले सर्वोच्च अदालतले पनि त्यही संविधानको धारा पढेर फैसला गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाझ् संसद पुनर्स्थापनाको अर्को कुनै विकल्प नभएको र पुनःस्थापना नभए देश अस्थिरतामा जाने तर्क राख्नुनभयो । यसैबीच सामाजिक  लोकतन्त्र अध्ययन केन्द्र राजविराज, सप्तरी नेता पौडेललाई सम्मान गरेको छ ।संस्थाका अध्यक्ष भोगेन्द्र झाले उहाँलाई फूलमाला लगाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

२०७७ फाल्गुन ९, आईतवार २०:१५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय