
विराटनगर : विराटनगरबाट एक भारतीय नागरिक भारतीय नोटसहित पक्राउ परेका छन् ।
साँझ मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवास्थित अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले नेपालतर्फ आउँदै गरेका भारतीय नागरिक पक्राउ परेका हुन् ।
भारतको अररियाका ३४ वर्षीय संजय सिंहलाई चेकजाँचको क्रममा नोट ५०० का दरले ३८८ थान, २००० दरले २६ थान गरी २ लाख ४६ हजार फेला पारेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
उनलाई आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाइएको प्रहरीले जनाएको छ ।