
एजेन्सी : फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा पीएसजीले डिजोनलाई ४-० गोलले पराजित गरेको हो ।
डिजोनको मैदानमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गरे । मोइस किन र डानिलो पेरेइराको नाममा एक एक गोल गरे ।
जितसँगै पीएसजी ५७ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । पराजित डिजोन १५ अंकसहित पुछारमा छ ।