सप्तरी : सप्तरीमा ५६ वर्ष पहिलाका मुद्दामा ७० वर्षीय वृद्ध जेल चलान भएका छन् । जिल्ला अदालत सप्तरीले आइतबार ७० वर्षीय श्रीलाल यादवलाई डाँका र जालसाजी मुद्दामा कारागार चलान गरेको हो ।

उनीविरुद्ध जिल्ला अदालतले २०२३ साल भदौ ३ गते डाँका मुद्दामा १० वर्ष र २०२१ साल जेठ १९ गते जालसाजी मुद्दामा ६ महिना कैदको फैसला गरेको थियो । सुरैतलाल यादवले उनीविरुद्ध डाँका र जालसाजी मुद्दा दायर गरेका थिए ।

श्रीलाल यादवलाई ५६ वर्षपछि प्रहरीले गत शुक्रबार पक्राउ गरेको थियो । सोही दिन प्रहरीले अदालतमा पेश गरेको थियो । आइतबार अदालतले कैद भुक्तानको लागि कारागार पठाएको हो ।

२०७७ फाल्गुन १६, आईतवार २१:१०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय