विराटनगर : सेनिटाइजर सेवनका कारण विराटनगरमा दुईजनाको मृत्यु भएको छ । कोसी अस्पताल विराटनगरमा उपचारका क्रममा एक पुरुष र एक महिलाको एकैदिन मृत्यु भएको हो ।

श्रीमतीसँग विवाद हुँदा शनिवार राति सेनिटाइजर सेवन गरेका मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डलको सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताएका छन् ।

त्यसैगरी झापाको शिवसताक्षी नगरपालिका–४ घर भएको तर विराटनगर महानगरपालिका–१७ रघुपति लाइन क्वार्टरमा बस्दै आएकी ६५ वर्षीया अम्बिका गिरीको पनि सेनिटाइजर सेवनबाटै मृत्यु भएको छ ।

प्रहरीका अनुसार गिरीले मदिरा भनेर सेनिटाइजर सेवन गरेकी थिइन् । मदिराको नशामा रहेकी गिरीले शनिबार राति बोतलमा रहेको आधा सेनिटाइजर सेवन गरेकी थिइन् ।

महिलाले सेनिटाइजर सेवन गरेको भएपनि मृत्युको कारण शरीरमा भएको अन्य रोग र निसासिएका कारण मृत्यु भएको कोशी अस्पतालले जनाएको छ । मण्डलको स्वास्थ्य जाँच गर्दा भने अर्गानो फोसफोरस देखिएको थियो ।

२०७७ फाल्गुन १८, मंगलवार ०९:०३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय