File Photo

महोत्तरी : महोत्तरीको बर्दिबासमा मोटरसाइकल दुर्घटना हुँदा ६६ वर्षीया महिलाको मृत्यु भएको छ ।

लु ५९ प ३७३५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा महोत्तरीको बर्दिबास-३ की ६६ वर्षीया भद्रामाया भुजेलको ज्यान गएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी बीरेन्द्र थापाले जनाए ।

बर्दिबासबाट सिन्धुलीतिर जाँदै गरेको मोटरसाइकलाले बिहीबार साँझतिर भुजेललाई बाटो काट्ने क्रममा गौरीडाँडामा ठक्कर दिएको थियो । उपचारका लागि काठमाडौं लाग्दै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक बर्दिबास- ३ पाटुका २५ वर्षीय युवराज माझी र मोटरसाइकलमा सवार पूर्णिमा माझी घाइते भएका छन् ।

२०७७ फाल्गुन २१, शुक्रबार ११:३९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय