महोत्तरी : प्रदेश- २ को आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाद्वारा महोत्तरीमा २५ लाखको लागतमा बिधालय भवन शिलान्यास गरिएको छ ।

हिन्दु धर्मावल्मबीहरुको महान पर्व महाशिवरात्रीको अवसरमा आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री कुशवाहाद्वारा आफ्नो संसदीय बिकास कोषबाट रु.२५ लाखको लागतमा भवन शिलान्यास गरेका हुन ।

शिलान्यास गरे संगै रामगोपालपुर नगरपालिक-६ विशमहरपुरमा श्री राजेन्द्र आधारभूत विद्यालयको २ कोठे पक्की भवनको निर्माण सुरु भएको छ ।

उक्त कार्यक्रममा स्थानिय वडा अध्यक्ष ,स्कूलका संस्थापक राजेन्द्र महतो,प्रधानध्यापक , स्थानिय नेता तथा कार्यकर्ता समेतको उपस्थिति रहेको थियो।

२०७७ फाल्गुन २७, बिहीबार २०:१६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय