
जनकपुरधाम : मिथिला मध्यमिकी परिक्रमालाई मध्येनजर गर्दै जनकपुरधाममा माछा मासु र मदिरा बिक्रीवितरणमा प्रतिबन्ध लागाइएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले परिक्रमाको डोलाका सबै विश्रामस्थलहरु र त्यहाँभन्दा एक किलोमिटर वरिपरी माछामासु बेचबिखनमा रोक लागाएको हो ।
शुक्रबार एक सूचना जारी गर्दे परिक्रमाको डोला पुग्नु २४ घण्टा अगावैदेखि लागू हुनेगरी पशुबध तथा माछामासु बिक्रीवितरण, सेवन नगर्न र नगराउन भनिएको छ ।