धीरेन्द्र कुमार, सरसफाई अभियन्ता
काठमाडौं : नेपालको पहिचान एवम् गरिमा हो, बागमती नदी। बागमती नदीको पवित्रतालाई पुनः स्थापित गर्ने उद्धेश्य अनुरुपकाे एक प्रयास हाे, बागमती साप्ताहिक सरसफाई अभियान। अभियानको निरन्तरताका लागि सम्पूर्ण सरसफाई अभियन्ताको निःस्वार्थ योगदानकाे आज पनि म उच्च सम्मान गर्न चाहन्छु।
आज बागमती सरसफाई अभियानले ७ बर्ष पूरा गरेर ८ औ बर्षमा प्रवेश गरेकाे छ। सफा, सुन्दर एवम् बागमतीको पानी पीउन योग्य नहुन्जेल सरसफाई अभियानको अटूट निरन्तरताकाे लागि शुभकामनासँगै सहकार्यको वाचा गर्दछु। आजको दिन दर्जनाैं सरसफाई अभियान देशभरी चलिरहेकाे छ। तर, बागमती सरसफाई अभियान जस्ताे प्रभावकारी र सबैले मनन गर्ने हुन सकिरहेकाे छैन।
अवकाे आवश्यकता भनेकाे नदीनाला सफा र सुन्दर बनाउने अभियानमा मात्र हामी सिमित हुनु हुँदैन। हामी वरिपरीकाे सबै क्षेत्र फाेहाेर हुन नदिन वैकल्पिक याेजनाकाे आवश्यकता बाेध भइसकेकेा छ।
सरसफाई अभियानप्रति समाजमा विधमान गलत अवधारणाका कारण हामी सत्कर्मबाट चुकिरहेका छाैं। शनिबार मात्र सफाई गर्ने पछिल्लाे परिपाटीलाई परिवर्तन गर्नु अनिवार्य भइसकेकाे छ।
यसैकाे प्रयास स्वरुप सातै दिन विभिन्न समयमा कतै दुई घन्टा त कतै एक घण्टा सरसफाई कार्यक्रमलाई हामीले वीरगञ्जमा सुरु गरेका छाैं। याे सानाे प्रयास भए पनि यसले देश र शहरलाई सफा र सुन्दर बनाउन महत्वपूर्ण याेगदान गरिरहेकाे हाम्राे बुझाई छ। यसका लागि एक जनाकाे मात्र प्रयासले केही हुँदैन। सबैले आ–आफ्नाे क्षेत्रबाट सहयाेग गर्नु अनिवार्य भइसकेकाे छ।
बागमती अभियान दक्षिण एशियामा नेपाललाई पूर्ण सरसफाई युक्त राष्ट्रको श्रेणीमा विश्व पटलमा ल्याउने कार्यकाे थालनी थियाे। तर मेरो व्यक्तिगत जीवनमा सरसफाई अभियानप्रतिको बढ्दाे अभिरुचि र लगावकाे मुख्य प्रेरणा खुल्ला दिशा मुक्त अभियान सिरहा हो।
बागमती सरसफाई अभियान धैरेको लागि प्रेरणा भए पनि मेरो लागि प्रेरणा को श्रोत भएन। तर बागमती सरसफाई अभियानको ‘प्याटन’ ले मलाई ऊर्जा दिएकै हो। बागमती सरसफाईकाे निरन्तरताले सयाैं संघ– संस्थालाई आफ्नाे साझा अभियानमा जाेडेकाे छ।
समाजिक कार्य गर्न पदाधिकारीको जम्बो टोली या कम्तिमा संयोजक नभई नहुने नेपाली मानसिकता तथा पुरानाे परम्परालाई पनि यो अभियानले ताेडेकाे थियाे। बागमती सरसफाई अभियान कुनै व्यक्ति, पदाधिकारी या संस्थाको आदेशमा भएकाे होइन, सामूहिक नेतृत्वमा संचालन भएको हो। बागमतीको सामूहिक नेतृत्व र बिना संस्था दर्ता भएर समाजिक कार्य गर्ने तरिका मलाई खुब मन पर्छ। यसले मलाई ऊर्जा पनि दिएको छ।
अबको दिनमा नदीनालाभित्र सरसफाईको दूरगामी प्रभाव पर्ने निश्चित छ। त्यसैले खोलाभित्रकाे मात्र हाेइन, त्यसकाे वरिपरीकाे सरसफाई अभियानको पनि आवश्यकता हामीले महसुस गरेका छाैं। अभियानमा आधाभन्दा बढ़ी आबादीको सहभागिताको लागि महिला एवम् बालबालिकाको पहलको प्रयास पनि गर्नुपर्ने हुन्छ।
आजको दिनमा नेपाललाई पूर्ण सरसफाई युक्त राष्ट्र बनाउन नदीनाला र खोला सँगै सार्वजनिक स्थल, लब्दप्रतिष्ठित मठ मन्दिर,अस्पताल, जंगलको हाईवे साइड, निकुञ्ज, रेल्वे ट्रयाक क्षेत्र, एयरपोर्ट क्षेत्र, नेपालको प्रवेश द्वार सीमा नाका भन्सार क्षेत्र जस्तो ठाउँमा पनि सरसफाई अभियानको सुरुवात गर्नु जरुरी छ। यसले विभिन्न देशको लागि एउटा उदाहरण र प्रेरणा प्रस्तुत गर्न सक्छ।
अहिलेको समयमा कोरोनाको कारण विश्व महामारीको प्रकोपलाई झेल्दै छ। कोरोनाले मनुष्यलाई व्यक्तिगत सरसफाईप्रति पूर्ण व्यवहारिक ज्ञान दिन सफल भएको छ। आशा गराैं, छिटो हामी कोरोना महामारीकाे युद्धमा सफल हुनेछाैं। र सामान्य जीवनयापन गर्दै विश्वलाई फेरि पनि सफा सुन्दर बनाउने अभियानलाई तीव्र गर्ने अठाेटसहित उभिने छाै।