✍अजय कुमार यादव
✍आरती साह
२१ औं शताब्दीको लगभग आधा भन्दा बढी वर्ष बितिसक्दा पनि हाम्रो समाज , समाजिक विकृति , समाजिक विकेन्द्रीकरणमा सम्पूर्ण समाज कुनै न कुनै रुपमा बन्धक भएको देखिन्छ । समाजिक विकृतिहरु थुप्रै छन् । दाइजो भन्ने शब्दको कारण हामी नेपालीले समय समयमा केहि घटना घटेको सुनु परेको छ । दाइजो को कारण फलानो श्रीमानले आफनो श्रीमतीको हत्या गर्यो , जिउँदो जलायो इतयादी घटनाहरु हामी सुन्ने गरेका छौं । अनि घटना सुनेपछि हामी जस्ता तथा कथित बुद्धिजीवीहरु ठूला ठूला बहस गर्छौं । झन त अधिकारवादीहरु समाजिक सञ्जालमा , साथ साथै सडकमा ठूला ब्यानरका साथ प्रर्दषण गरेको दुष्य हामी देखेकाछौं ।
तर ताजुब कहाँ लाग्छ भने आफू माननिय हुँदा आफनो छोरी गैर दलितसंग बिहे गरेको झोकमा ज्वाइ थुन्ने र कुट्ने पूर्व सानसद पनि बेला बेला विभेद विरुद बुरुक बुरुक उफ्रेको हेर्दा वहाहरुलाई तथाकथित वृद्धिजीवी भने की पाखण्डी वृद्धिजीवी भने कुरामा अन्योलमा छु । आफू दाइजो लिएको र दिएका सामाजिक विषयका शिक्षकले दाइजो विरुद विधार्थीलाई पढाएको देख्दा र सुन्दा , शिक्षकलाई कुन खालको शिक्षकको रुपमा परिभाषित गर्नै भने कुरामा पनि अन्योलमा परेको छु ।
त्यसैले आज म यस्तै तथाकथित शिक्षित परिवार , समपन्न परिवार ठान्ने परिवारमा दाइजोको कारण घटित अर्थात घटनाको बारेमा लेख्ने प्रयास गरेको छु । एकजना साथिको घटनालाई वहाँको अनुरोधमा म आफनो कलमको माध्यमले तपाईहरुको माझ ल्याउन चाहेको छु । ती सहासी समाजप्रति जिम्मेवार साथिलाई सलाम गर्न चाहन्छु । किनभने वहाँ नेपाल त्यसमा पनि मधेशकी छोरी , जसले आफनो जीवनमा घटेको घटनालाई समाजको सामु ल्याउन चाहेकी छे , ताकी आउने छोरी चेली यस्ता घटनाका शिकार नबनुन । जुनसुके समुदायमा विकृति हुनसक्छ । आज म एउटा अर्थात घटनाको चर्चा गर्न चाहन्छु । भनिन्छ शिक्षित परिवारकाले दाइजो लिनु हँदैन भन्ने कुरा उनीहरुलाई ज्ञात हुन्छ । तर बिडम्वना विगतका घटनाहरु हेर्नै हो भन्ने दाइजोको कारण घटित घटनाहरु शिक्षित , समपन्न परिवारमा घटेको छ । यो घटना पनि एक शिक्षित परिवार र हरेक हिसावले समपन्न परिवारको हो ।
दुईटा शिक्षित परिवारका दुई शिक्षित केटा र केटीको दाईजोको कारण मिलन विन्दु अर्थात विवाह को समिप पुगेको ५ वर्षका प्रेममा पूर्णविराम लागेको घटना हो । केटा एम बि बि एस र केटी एगरिकलचरमा अध्ययनरत छन् । तीनीहरको प्रेम सम्बन्ध यतीसम्म घनिष्ट थियो की , दुबै परिवारको बीच पनि घनिष्ट सम्बन्ध कायम भइसकेको थियो । एक अर्काको घर जाने आउने , दुबैको बीच झगडा भएका बेला उनीहरुका परिवारकाले मेल गराउन मध्यकर्ताको भूमिका निर्वाह गर्थियो । दुबै परिवारका अभिभावकले बुहारी र ज्वाई बनाउने मोखित रुपमा घोषणा समेत गरिसकेका थिए । यी सम्बन्धलार्इृ अधिकारीक रुप दिने समय आइसकेको थियो । किनभने केटिको ब्यचलर सकिसकेको थियो र केटा पनि अन्तिम वर्षमा भएकाले केटिका बुवाले विवाहको प्रश्ताप राख्छ । केटा डक्टर हुने भएकाले मोटो दाइजो दिनेहरुको चहलपहल चल्नु स्वभाविक नै थियो । केटाको बुवालाई दाइजोको विभिन्न अफर आएको कारण केटाका बुवाले केटिको बुवालाई समेत दाइजो चाहिन्छ अनि मात्र आफनो छोराको विवाह तपाईको छोरीसंग गर्नसक्छु । किनभने मैले आफनो छोरालाई धेरै खर्च गरेर डाक्टर पढाएको छु । त्यसैले म फोकटमा विवाह गर्न सक्दिन्न । केटा र केटीको ५ वर्षको सम्बन्ध जाबो दाइजोले पूर्णविराम लाग्ने निश्चित भएकाले , केटीले आफूलाई सम्हाल्न सकि राखेका थिएन , त्यसैले कयौं चौटि आत्महत्या गर्ने प्रयास समेत गर्यो ।केटिका परिवारले ठिकै छ , छोरीको निम्ति दाइजो दिन तयार भएर सम्बन्धलाई आगाडी बढाउन खोजे , तर छोरीले दाइजो दिएर विवाह गर्न अस्विकार गरे । यता केटाको परिवारले समेत केटालाई जनाकारी नै नगरी २२ लाख दाइजो लिएर केटाको विवाह अरुसंग गर्ने निधो गरे । केटाका बुवाले केटालाई विभिन्न जाल झेल गरेर , केटालाई भावनात्मक नाटक देखाएर , की तिमी विवाह गर्दैनो भन्ने म बिष खान्छु । यसरी केटाको इन्गेजमेन्ट गराउन सफल भएका छन् ।
यस्ता थुप्रै घटनाहरु घटेका छन । तर गम्भिर प्रश्न के उब्जिनछ भन्ने , यो दाइजो , प्रथा कसरी अन्तय हुन्छ । किनभने कति तथाकथित बुद्धिजीवीहरुले मधेशमा मात्र दाइजो प्रथा छ , किनभने त्यहाका मान्छेहरु अशिक्षित छन जस्ता तर्क दिएको पाईन्छ । तर ताजुब कहाँ लाग्छ भने पहाडि समुदायका कैयोले बुहारीलाई दाइजो नलाएको भनेर श्रीमती मार्फत बुहारीलाई घर बाहिर निकालेका घटना पनि हामी सुनेका छौं । पछिलो दाइजो घटनाको तथ्यङकले के देखाएको छ भन्ने दाइजोको कारण घटेका घटनाहरु बढी शिक्षित परिवारमै घटेको छ । एउटा अङग्रेजी भनाईलाई सापटि लिएर भन्दा , सबैले दुनिया परिवर्तन गर्न चाहन्छन् , तर आफू कोइ पनि परिवर्तन हुन चाहेको छैन । यसरी नै सबै दाइजो प्रथा खत्म गर्न लागी परेका भनेर नाटक गर्छ , तर आफू दाइजो दिने र लिनेमा सङग्लन छन् । कानुनको प्रयोग दाइजो लिने र दिने बेला गरिदेन । जब दाइजोले कुनै घटनाको रुप लिन्छ अनि मात्र अदालतको ढोका ढकढकाईन्छ ।
हामीले आफनो अस्तरबाट पहिला दाइजोको विरुद उभिनु पर्दछ । आफनो परिवारबाट दाइजो लिने र दिने कार्य बन्द गर्नुपर्दछ । दाइजो लिएर हुने विवाहमा सहभागी नभएर प्रतिकार गर्नुपर्छ । दाइजोको प्रमानेन्ट समाधान खोज्नु जरुरी छ । पैतृक सम्पतिमा छोराको मात्र अंश हुनु कतिको जायज र समानता हो । मेरो हिसावमा यो सरासर भेदभाव हो । किनभने छोरा र छोरी एउटै कोखबाट जन्मेका हुन , त्यसैले हरेक कुरामा दुबैको सम्मान अधिकार हुनुपर्छ । पैतृक सम्पतिमा छोरा र छोरी दुबैलाई अंश दिने व्यवस्थाको निर्माण गर्नु जरुरी छ । यसले दाइजो प्रथालाई जडै देखि खत्म पार्नेछ ।
दाइजोले आजसम्म कति बालिक–नबालिक नारीको (महिला÷केटी) ज्यान लिएको छ । कोही दिनरात मानसिक तनाब सहेकी छिन्, भने कोही मानसिक तथा शारिरीक पिडा पाएकी छिन्, त कोही जिउँदै जलाइएकी छिन् । यसमा दोष कसको त, सरकारको कि समाजको ? सरकारको तहबाट कानून बनाइ दिइएको छ, जाहेर परेपछि प्रहरी खटाइन्छ, र अन्त्यमा दोषीले सजाय पाउने गरेको छ । तर समाजले के गर्नुपथ्र्यो र के गर्छ । समाजले दाइजो नलिने परिवारलाई दाइजो नलिएको भन्दै हेप्ने, दाइजो लिन प्रोत्साहन गर्ने, घरपरिवारका सदस्यलाई भदकाउने, आदि काम गर्दछ ।
समाजले यस्तो विकृतिको विरुद्ध जागरुक भइ एकताका साथ काम गर्नु पर्नेछ । समाज र हामी आफ्नो स्तरबाट जागरुक भएर दाइजो मात्र होइन कि, अरु घरेलु हिंसाको बारे असल नियतले आवाज उठाउनु पर्नेछ अनि मात्रै नारी माथिको अत्याचार घटेर जान्छ । अन्त्यमा सामजले यो सोच्दैन कि भोलि उसको चेलीबेटीसँग पनि यस्तै केही हुनसक्छ । तर समाजले यो सोच्दछ कि, मैंले भोगेको थिए भने, तिमिले नि भोग्नु पर्छ । यस्तो सोचले गर्दा कति छोरीहरुको बलि चढाइयो र यो सोच बदलिने समयसम्म कति छोरीको बलि चढला ।