काठमाडौं : प्रदेश १ देखि कर्णाली प्रदेश सम्म मनसुनी वायु र सुदुर पश्चिम प्रदेशमा पश्चिम वायुको प्रभाव रहेको छ । भारतको पूर्वि उत्तर प्रदेशको भू-भागमा न्युन चापिय प्रणालीको समेत विकास भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ्र । आज दिउँसो गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश तथा सुदुर पश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा प्रदेशहरुमा आँशिक देखि सामान्य बदली रहनेछ । गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश तथा सुदुर पश्चिम प्रदेशका धेरै स्थानहरु र बाँकी प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ।

यसैगरी, आज राती सुदुर पश्चिम, कर्णाली र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश ५, गण्डकी प्रदेश, वागमति प्रदेश, प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

२०७७ असार ७, आईतवार ०६:१७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय