नेपालवाणी
महोत्तरी : गौशाला नगरपालिकाले आर्थिक बर्ष २०७७/०७८ का कूल झन्डै ८७ करोड भन्दा बढीको अनुमानित बजेट योजना तथा तर्जुमा लागि प्रस्तुत गरेको छ । गौशाला नगरपालिकाको पाँचौं नगरसभाबाट ८६ करोड ७४ लाख १३ हजार २ सय ३० रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको छ ।

नगरको आन्तरिक श्रोतबाट १२ करोड, राजस्वबाट १३ करोड १३ लाख ४० हजार २ सय ३०, वितीय समानिकरण अनुदान मार्फत १७ करोड ४९ लाख ७३ हजार, सशर्त अनुदान मार्फत प्राप्त भएको २६ करोड ७ लाख, विशेष र सम्पूरक अनुदान मार्फत ३ करोड ५४ लाख, सामाजिक सुरक्षा तर्फ १४ करोड़ ५० लाखको वजेट प्रस्तुत गरिएको छ । शुक्रवार आयोजित पाँचौं नगरसभाबाट नगरप्रमुख शिवनाथ महतोले नगरको निती तथा योजना प्रस्तुत गर्दै विगतमा भएको कमीकमजोरीलाई मनन गर्दै आगामी बजेटलाई जनमुखी बनाउन प्रयत्नशील बताए ।

प्रदेशसभा सदस्य भरतप्रसाद साहको प्रमुख आतिथ्यमा भ एको नगरसभामा उनले सहमतिमै सवैको अपनत्व हुने गरि बजेटलाई कार्यान्वयन गर्नका लागि नगरका जनप्रतिनिधीलाई सुझाएका थिए । उनले जनप्रतिनिधिका लागि कार्यकालको अन्तिम दोश्रो बजेट भएकोले गौशालाको विकासका लागि थप सशतm भुमिका निर्वाह गर्न जनप्रतिनिधीलाई आग्रह गरे । उनले भने, ‘यहाँ शिक्षा, स्वास्थ्य र किसानमुखी वजेट मार्फत आमनागरिकको समस्या समाधान गर्न जनप्रतिनिधि अग्रसर हुनुपर्छ ।’पूर्वसभासद सिताराम भण्डारीले वजेटलाई परेवाको दाना झै छिटफुट रुपमा वितरण नगरि एकमुष्ट र दीर्घकालिन योजना ल्याए मात्र नगरको विकास सम्भव हुने धारणा राखे ।

सवैको साथ र सकारात्मक सोच एवम भुमिकाले नै नगर बिकास सकारात्मक रुपमा अघि बढीरहेको र आगाी दिनमा थप सुदृढ हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रजंग थापाले विश्वास व्यक्त गरे । प्रस्तुत वजेटमा निती तथा योजना अनुसार शिक्षा, स्वास्थ्य, सिचाई, रोजगार लगायतका विषयवस्तु प्राथामिकताका साथ समावेश गरिएको नगर प्रवक्ता भोजवहादुर दर्लामीले जानकारी दिए ।

gaushala-napa-nepalvani-govind-mahato

२०७७ असार १९, शुक्रबार २१:२८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय