काठमाडौँ : केहि दिनदेखि ओरालो लागिरहेको सुनको मूल्य आज (मंगलबार) उकालो लागेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ९०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ४६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत बुधबार ९१ हजार ७०० रुपैयाँसम्म पुगेको सुनको मूल्यमा निरन्तर गिरावट आएपनि मंगलबार पुन: उकालाे लागेकाे हाे । त्यसै गरीचाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला ९५० रुपैयाँ पुगेको छ।


२०७७ असार २३, मंगलवार १४:१०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय