badhi-flood-pahiro-barsa

काठमाडौं : पछिल्लो समय मनसुन कमजोर बन्दै गए पनि जोखिम भने अझै टरिनसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशभर मनसुनी वायुको प्रभाव छ। साथै मनसूनी न्युन चापीय रेखा पश्चिमी भू(भागमा नेपालबाट दक्षिण सरेको छ भने पूर्वी भूभागमा नेपाल नजिक रहेको अवस्थामा रहेकाले अहिले पनि देशभर मौसम आँशिकदेखि सामान्य बदली रहेको छ ।

यो समाचार तयार पार्दासम्म अहिले प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५का केही स्थानहरुमा वर्षा भईरहेको बिभागले जनाएको छ ।

शुक्रबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

त्यस्तै, आज रातीसम्म देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

अहिले वर्षा गराउने न्यूनचापीय रेखा केही दक्षिणतर्फ सरेको भए पनि नेपालको पूर्वी भेग नजिक रहेकाले विहिबार देशका केही भागमा भारी वर्षाको समेत सम्भावना रहेको छ । file photo

२०७७ श्रावण ९, शुक्रबार ०७:२५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय