काठमाण्डौ : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याकाण्डमा आधारित भएर निर्माण भएको फिल्म ‘कोपिला’ ओएसआर डिजिटलको दामी म्यूजिक एपमा रिलिज भएको छ । केही समय अगाडि डिस होममा रिलिज भएको यो फिल्म शुक्रवारबाट दामी एपको मोवाइल थिएटरमा रिलिज भएको हो । शुक्रवारबाट दैनिक ४ शोमा फिल्म रिलिज भइरहेको छ ।

७५ रुपैयाँ तिरेर यो फिल्म दामी एपको हल वानमा हेर्न सकिनेछ । दामी एपको मोबाइल थिएटरमा ४ वटा पर्दा रहेका छन्, जसमा हरेक शुक्रवार नयाँ फिल्म रिलिज हुने गरेको छ । एक पटक टिकट काटिसकेपछि ७२ घण्टाभित्र फिल्म हेर्नुपर्नेछ । अन्यथा अर्को टिकट काट्नु पर्नेछ । दामी एपमा ‘घामड शेरे, हजार जुनीसम्म, शुभ लभ’ लगायतका फिल्म पनि प्रदर्शन भइसकेका छन् ।

शिवम् अधिकारीको लेखन तथा निर्देशन रहेको ‘कोपिला’ लाई दर्शकबाट सुखद प्रतिक्रिया मिलेको छ । फिल्मको कथावस्तु र कलाकारको अभिनयले मन छोएको दर्शक प्रतिक्रिया छ । फिल्ममा गणेश गिरी, सरिता गिरी, संजीवनी खरेल, प्रकृती खरेल, जुनिफर पौडेल, श्रेया आचार्यललगायतको अभिनय छ । फिल्ममा निर्मलाको भूमिकामा संजीवनीले अभिनय गरेकी छन् ।

त्यस्तै, निर्मलाकी आमाको भूमिकामा रहेकी सरिता गिरीको अभिनयको दर्शकहरुले प्रशंसा गरेका छन् । ‘कोपिला’ मा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक परिस्थिति देखाइएको छ । फिल्ममा रामेश्वर कार्कीको छायांकन, दिपक शर्माको संगीत र समिर मियाँको सम्पादन छ ।

https://www.youtube.com/watch?v=UZgl3cMU3RA


२०७७ आश्विन २४, शनिबार २०:५१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु