काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा संयुक्तबीच गत फागुन २४ गते एकता गरेको राप्रपाले आफ्नो केन्द्रीय कार्य समिति विस्तार गरेको छ । राप्रपाले आइतबार विज्ञप्ति जारी गर्दै ९८ सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति र ३२७ मा ४०० सदस्य थप गरेर ७२७ सदस्यीय केन्द्रीय कार्य समिति बनाएको जनाएको छ ।

पार्टी एकिकरण भएर निर्वाचन आयोगबाट मान्यता पाएपछि सो दलले केन्द्रीय कार्यसमिति विस्तार गरेको बताएको छ । असोज २९ गतेसम्म जिल्लास्तरमा समायोजनको काम सम्पन्न गरिसक्ने बताएको छ । त्यस्तै आगामी बैशाख २५ देखी २८ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय पनि गरेको छ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विधान तथा पार्टी एकिकरण सम्बन्धी आधारपत्र बमोजिम अध्यक्ष त्रय कमल थापा, पशुपति शमशेर जवरा र डा. प्रकाशचन्द्र लोहनीको सहमतिमा पार्टीको केन्द्रीय कार्य समिति विस्तार गरिएको हो ।

२०७७ आश्विन २५, आईतवार १५:२४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय