महोत्तरी : महोत्तरी करेन्ट लागेर एक विद्युत कर्मचारीको ज्यान गएको छ ।

ज्यान जानेमा रौतहटको पौराहा गाउँपालिका ६ का ३२ वर्षीय गौरीनन्द पण्डित रहेको नेपाल विद्युत प्राधिरण उपशाखा बर्दिबासले जनाएको छ । मृतक पण्डित विद्युत प्राधिकरण बर्दिबास शाखाका कार्यरत प्राविधिक रहेका थिए ।

पोलमा चढेर तार जोड्न क्रममा बर्दिबास १ स्थित सडकको पोलमा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर पोलमै झुण्डिको देखेपछि गाउँले उद्धार गरि उपचारका लागि बर्दिवास स्थित बर्दिवास जनसेवा हस्पिटल लागेका थिए ।

बर्दिबास जनसेवा अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि पण्डितलाई जानकी हेल्थकेयर जनकपुर पठाइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं रेफर गरेपछि उनको सोही क्रममा जनकपुरमै मृत्यु भएको थियो । उनलाई काठमाडौं पठाउन हेलिकप्टर समेत मगाइएको थियो ।

२०७७ कार्तिक १५, शनिबार २०:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय