एजेन्सी : साविक विजेता लिभरपुल प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।

बुधबार राति भएको खेलमा टोटेनहममाथि २–१ को जित निकाल्दै लिभरपुलले शीर्षस्थानमा स्पष्ट ३ अंकको अग्रता लिएको छ ।

लिभरपुलको जितमा मोहम्मद सलाह र रोबर्टो फिर्मिनोले गोल गरे । टोटेनहमका ह्युङ मिन सनले गरेको गोल सान्त्वना बन्यो ।

लिभरपुलसँगको हारसँगै टोटेनहमको ११औं खेलमा अपराजित यात्रामा पुर्णविराम लागेको छ ।

जितसँगै शीर्षस्थानको लिभरपुलको २८ अंक छ भने हारपछि दोस्रो स्थानमा झरेको टोटेनहमको २५ अंक छ ।

२०७७ पुष २, बिहीबार ०७:३३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय