जनकपुरधाम : मिथिलाको शान जनकपुरका लोकप्रिय गायक रुद्रसेन विश्वकर्माले आफ्नो नयाँ युगल गीत दिल दुखायौ तिमीले मेरो को भिडियो भरखरै सार्वजनिक गरेका छन् । रुद्रसेनकै शव्द रचना तथा सङ्गीत रहेको यस गीतमा रुद्रसेन विश्वकर्मा र अन्नु चौधरीको स्वर रहेको छ । गीतमा विशाल निरौलाको म्युजिक एरेञ्ज रहेको छ ।

नेपाली मैथिली भोजपुरी गितहरुलाई न्यायको साथ निर्देशन गरिरहेका ब्यस्त निर्देशक प्रदिप कुमार रसाईलीको निर्देशनमा निर्मित यस भिडियोमा योगेश दाहालको छायांकन रहेको छ भने अमृत चापागाईंले सम्पादन गरेका छन् ।

भिडियोमा निर्मल न्यौपाने, रिन्चु क्षेत्री, पवन बराइली र रेनु लिम्बूले अभिनय गरेका छन् । भिडियो गीतकार, सङ्गीतकार तथा गायक रुद्रसेनकै अफिसियल युट्युब च्यानल Rudrasen Bishwakarma मा अपलोड गरिएको छ ,भने यस गीतलाई निर्मात्री निर कुमारी विश्वकर्मा (सविना) ले निर्माण गरेकी हुन् ।

भिडियोमा प्रेमिकाले आफ्नो प्रेमीलाई तुरुन्तै बिबाह गर्न दबाब दिन्छिन् तर प्रेमीले केही समय कुर्न भनेपछि उनले अर्कै प्रेमी रोजेकी छिन् । दोस्रो प्रेमी धोकेबाज निस्किए पछि युवती पुन: पहिलो प्रेमीको शरणमा आउँछिन् तर चोखो मायाको कदर नगर्ने अवसरवादी प्रेमिकालाई पहिलो प्रेमीले स्वीकार नगरेको कथा भिडियोमा देखाईएको छ ।

यस गीतका शब्द/सङ्गीत गायन सहित म्युजिक भिडियो सहित गितको सबै पक्ष्य बाट एकदमै राम्रो प्रतिक्रियाहरु आइरहेको छ , गीतलाई श्रोताहरु बाट एकदमै रुचाइएको छ ।

सार्वजनिक गीत


२०७७ पुष १३, सोमबार १६:५३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय