
जनकपुरधाम : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल-नेपाल पक्षले जनकपुरधाममा शक्ति प्रदर्शन गरेपछि आज ओली पक्षले आफ्नो शक्ति प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनपछि जनकपुरधाममा पहिलो पटक मंगलवार शक्ति प्रदर्शन गर्दै ओली कदमको बचाव गरेका हुन् ।
मंगलबार नेकपाको आली पक्षले आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला भन्दा पूर्व आफ्नो पक्षको नेता तथा कार्यकर्ताहरुले उतारेर शक्ति प्रदर्शन गरेको हो । धनुषाको विभिन्न स्थानिय तहबाट बस तथा ट्रयाक्टरमा आएका कार्यकर्ताहरु जनकपुरधाम स्थित रेल्वे स्टेशनमा जम्मा भई र्याली निकालिएको थियो ।
रेल्वे स्टेशनबाट निस्केको र्याललिले जनकपुर नगरको विभिन्न भागको परिक्रमा गरी प्रदेश पार्टी कार्यालय पुगी कोणसभामा परिणत भएको थियो । अगुवा भेला कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, शहरी बिकास मन्त्री प्रभु साह, कानून मन्त्री लिलानाथ श्रेष्ठ, महिला तथा बालबालिका मन्त्री जुली महासेठ लगायतका वक्ताहरुले ओलीको बचाब गर्दै बोलेका थिए ।
बालबालिकाको व्याप्त प्रयोग
जनकपुरधाममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्ष समूहले गरेर शक्ति प्रदर्शनमा बालबालिकाको व्यापक प्रयोग भएको पाइएको छ । मंगलबार ओली पक्षले निकालेको जुलुशमा दर्जनौँ बालबालिकाहरुले नेकपाको झण्डा र सूर्य चुनाव चिन्ह अंकित झण्डा बोकेर नारा लगाई रहेका थिए । जुलुशमा १० देखि १५ वर्ष उमेर समूहका बालबालिकाहरु नेकपाको पक्षमा नारा लगाउँदै र्यालीमा सहभागि भएका थिए ।
दृश्य : नेपालवाणी डटकम