
जनकपुरधाम : प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले दिउँसै लालटिन बालेर ‘मधेश मन्थन’ अभियानको सुरुवात गरेका छन् ।
उनले सांकेतिक रूपमा लालटिन बालेर जनकपुरधामका नागरिक समाजका अगुवाहरूसँग भेटघाट गरी ‘मधेश मन्थन’ अभियानको सुरुवात गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयमा नागरिक समाजका अगुवा तथा बुद्धिजीबीहरूसँग सामूहिक भेटघाटमा प्रमुख अहिराजले समाज र देशलाई सकारात्मक परिवर्तनका लागि विशेष भूमिका निर्वाह गर्न नागरिक समाजलाई आग्रह गरे ।
नागरिक समाजका अगुवाहरूले ‘मधेश मन्थन’ अभियान थालनी भएकोमा खुशी प्रकट गरेका थिए । उनीहरुले मधेशमा यसप्रकारको मन्थन आवश्यक रहेकोमा जोड दिदैँ यसको निरन्तरताका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए ।