जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत खरिद गरिएको साइकल सार्वजनिक खरिद ऐन अनुसार रहेको बताएका छन् ।

प्रदेश सभाको सातौ अधिवेशनको प्रथम बैठकमा विपक्षी दलले उठाएको प्रश्नको जवाफ दिदै मुख्यमन्त्री राउतले इ–विडिङ्ग मार्फत खरिद गरिएको साइकलमा कुनै अनियमितता नरहेको दावी गरे ।

साइकल खरिदमा अनियमितता भएको भनि उठाइएको प्रश्न कपोलकल्पित र पूर्वाग्रही रहेको उहाँले दावी गरे।

दुई चरणमा खरिद गरिएको साइकल मध्ये पहिलो चरणमा ओम सत्यसाइ प्रा.लि. पर्सा रु ५७००, सान्यो इन्टरनेशनल जेभी काठमाडौ रु ७५७६, द डिजाइनर्स नेपाल जेभी भरतपुर रु ६८३१ , म्याप इन्टरप्रिन्युर्स काठमाडौ रु ६१५० र विकास जेनरल ट्रेडिङ्ग रु ८५०१ कवोल गरेकोमा न्युनतम कबोल गर्ने ओम सत्यसाइ प्रा.लि. पर्साले टेण्डर पाएको तथ्यांक उहाँले प्रदेशसभामा प्रस्तुत गरे।

दोस्रो चरणमा गरिएको टेण्डरमा ओम सत्यसाइ प्रा.लि. पर्साले रु ७५००, सान्यो इन्टरनेशनल जेभि काठमाडौ रु ७४७५ कबोल गरेको तथा म्याप हेलिक्स जेभिको कबोलमा प्राविधिक त्रुटी देखिएकोले न्युनतम कबोल गर्ने सान्यो इन्टरनेशनल जेभी काठमाडौसंग सम्झौता गरि साइकल खरिद गरिएको उहाँले संसदलाई जानकारी गराए ।

सार्वजनिक खरिद ऐन अनुरुप इ–विडिङ्ग मार्फत खरिद गरिएको साइकलमा अनियमितता भएको भन्नु आफैमा हास्यास्पद र पूर्वाग्रही रहेको उनको कथन थियो ।

मुख्यमन्त्री लालबाबु राउत

२०७८ आश्विन २०, बुधबार १५:२२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय