
जनकपुरधाम : जनकपुरधामको प्रसिद्ध शक्तिपीठ माता राजदेवी मन्दिरमा बलिप्रदान सम्पन्न भएको छ ।
यसबर्ष राजदेवी मन्दिरमा १४ हजार २९१ बोकाको बलि दिइएको हो ।
निशा पूजा सम्पन्न भएलगत्तै राति ८ बजेर ५ मिनेटदेखि सुरु भएको बलिप्रदानको कार्यक्रम बिहान ३ बजेर ३८ मिनेटसम्म चलेको थियो ।
बलिप्रदानका लागि हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरु बुधबार दिउँसैदेखि लाइनमा लागेका थिए ।
बोकाबलीका लागि यसपालि ४ वटा अस्थायी ठेहा राखिएको थियो । प्रत्येक ठेहामा१० जनाको समूहमा स्वयंसेवक परिचालित गरि प्रतिमिनेट ४० को संख्यामा बलिप्रदान गरिएको थियो ।
बलिप्रदान कार्यक्रमलाई व्यवस्थित बनाउन आयोजक महावीर युवा कमिटीले ५ सयको संख्यामा स्वयंसेवक परिचालन गरेको थियो ।
बोकाको लाइन सहित डोरी र व्यवस्थापनको लागि समेत प्रति ठेहा १० जना जनशक्ति खटाइएको थियो ।
गत बर्ष कोरोना महामारीका कारण राजदेवी मन्दिरमा ८ हजार ९६८ बोकाको बलि दिइएको थियो ।