काठमाडौं:  काठमाडौं महानगरपालिकाको कल सेन्टर आजदेखि सञ्चालनमा आएको छ ।

महानगरले गुनासो तथा सोधपुछका लागि १६६००१०५५११ टोल फ्रि नम्बरमा खुल्ला गरेको हो ।

महानगरका प्रमुख (मेयर) बालेन शाहले जनताका सुनासा सुन्न र पारदर्शिताका लागि कल सेन्टर सुरु गरिएको बताए ।

‘महानगर के गर्दैछ जनताले सोध्न पाउनु पर्छ । सेन्टरको क्षमता एकैपटक १५ वटा टेलिफोन रिसिभ गर्न सकिने खालको छ । अहिले ५ वटाबाट थालेका छौँ,’ उनले भने ।

यसअघिको पहिलो नगर कार्यपालिकामा मेयर शाहले कल सेन्टरको अवधारणा अघि सारेका थिए ।


२०७९ जेष्ठ २३, सोमबार २१:३१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय