
महोत्तरी : महोत्तरीका पत्रकार अमृत कुमार महतोले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
उनले महोत्तरी क्षेत्र नम्त्रर १(क) बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका हुन् ।
आईतवार दिउँसो बर्दिवासस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका कार्यसमिति सदस्य समेत रहेका महतो लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।