फाइल फोटो / नेपालवाणी

महोत्तरी : वर्षभरिको पर्खाइ, कात्तिकको कृष्णपक्ष ! मधेशका अति विपन्न डोम जाति समुदाय लामो समयदेखि दीपावली अर्थात तिहार र छठ पर्वमा आफ्नो सीप बिक्ने आसले डोम समुदायलाई कात्तिक कृष्णपक्षको पर्खिबसेका हुन्छन् ।

मधेशमा शिक्षा, स्वास्थ्य र सामाजिक, राजनीतिक एवं् आर्थिक रुपमा निकै पछि रहेको छ । यो समुदायको मुख्य पेसा सुङगुर पाल्नु र घर प्रयोजनका लागि बाँसका चोयाबाट बनाएका सामग्री बेचबिखन गरेर हुने आम्दानी हो । दीपावली र छठमा बाँसका चोयाबाट बन्ने छिटी, डाली, पङ्खा, नाङ्लो, चाल्नो र अन्य खेलौनाका सामग्रीको माग हुने भएपछि डोम समुदायका लागि कात्तिक कृष्णपक्ष लाग्नासाथै बिक्रीका लागि यस्ता सामग्री बनाउन भ्याइनभ्याइ हुन्छ । मङ्सिर–४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार आ–आफ्ना निर्वाचन चिन्हको प्रचार गर्दै मत माग्न मतदाताका घर घरमा पुगेका छन् ।

तर, प्रत्येकजसो गाउँको पुछारमा छुट्टै टोल देखिने डोम समुदाय भने यो चुनावी अभियानबाट बेखबर जस्तै बनेका छन् । “हँ, चुनावके बात त सुनैछी, मुदा अखैन कामके सिजन छै, ताहीस अपन काजमे जुटल छी” (हो, चुनावको कुरा त सुन्दैछौँ, तर अहिले हाम्रो कामको बेला छ, त्यसैले काममा जुटेका छौंँ) रामगोपालपुर नगर कार्यपालिकाको कार्यालय नजिकै छिटी बुन्दै गरेका पाका परिछन् मरिकले भन्नुभयो, “आब छठकेबाद चुनावके बात बुझ्बैँ” (अब छठ पर्वपछि चुनावको कुरा बुझाँैंला) ।

घरआँगनमा आइपुगेका ग्राहकसँग मुखको बोलीले शिष्टाचार निभाइ रहेपनि परिछन् मरिकको हातभने कप्टेरा उन्दै छिटी बनाउन व्यस्त छ । मुखमा रहेको दीपावली र छठपर्वमा बाँसका त्यस्ता सामग्री तयार गर्न भ्याइनभ्याइ हुँदा गाउँ÷नगर बस्तीका डोम समुदायको व्यस्तता बढेको हो ।

महोत्तरीको भङ्गाहा नगरपालिका–५ सिद्धपुर बस्तीको रेललिक नजिकै झुप्रा घरसहितको डोम बस्ती छ । अहिले यहाँका डोम समुदायका सबै बाँसका कप्टेरा र चोयासँग खेलिरहेका भेटिन्छन् । “के गरम हजुर, बरस (वर्ष) दिनको गुजाराको जोगाड (जोहो) गर्ने बेला छ, सबै काममा छौंँ”,

प्रगाश मरिकले भन्नुभयो,“दसँैं सिद्धिएर कात्तिक कृष्णपक्ष सुरु हुनासाथ प्रगाश दिनरात नभनी चोया र कप्टेराबाट डाली, छिटी, नाङ्लो—चाल्नो, पङ्खा, कोनियाँ र अन्य खेलौँना बनाउन व्यस्त हुनुभएको हो । राति अबेरसम्म चोया र कप्टेरा चलाउँदा चलाउँदै ओछ्यानमा ढल्ने प्रगाश बिहान आँखा उघ्रनासाथ त्यही चोया र कप्टेरामा हात पुग्ने बताउनुहुन्छ ।

चन्द्रमास गणनाले कात्तिक कृष्णपक्ष टेक्नासाथै प्रगाशजस्तै महोत्तरीसहितका मधेशमा अति विपन्न डोम समुदायको अनुहारमा खुसी झल्कन्छ । यो पक्षको अन्तिममा पर्ने दीपावली र त्यसलगत्तै कात्तिक शुक्लपक्षमा सुरु हुने छठपर्वमा आफ्नो सीपले बजार पाउने भएपछि यो पर्व डोमका लागि खुुसी र उमङ्गको बन्ने गरेको हो ।

कात्तिक अन्हरिया (कृष्णपक्ष) आपूmहरुको वर्ष दिनभरिको गुजाराका लागि नगद जोहो गर्ने खास बेला भएको डोम बताउँछन् । “आनबेर बोइनबुता आ–सुअरस भेटल आम्दानीसे गुजर चल्बैछी, सालभरके नगद खर्च जोगाड अहिबेर करपरैछैँ” (अरु बेला बनिबुतो गरेर र सङ्गुर बेचेर प्राप्त हुने आम्दानीले गुजारा चलाउँछौंँ,

वर्षभरिको नगद खर्चको जोहोभने यसैबेला (तिहारअघि) नै यिनै सामान बनाएर गर्नुपर्छ) सिद्धपुरकै पिर्ता मरिक भन्नुहुन्छ । बाँसका चोया र कप्टेराबाट विभिन्न प्रकारका सामान(चोया र कप्टेराबाट बन्ने राखनधरनका समान) बनाउने पुख्र्यौली पेसाका डोम दीपावली र छठमा यी समानको माग बढ्ने भएपछि खुसी देखिने गरेका हुन् । दिपावली र छठ नजिकिँदै आउँदा यहाँका अति विपन्न डोम जातिको बसोबास रहेको दलित बस्तीमा राम्रो कमाइ हुने आशमै खसी छाउने गरेको छ ।

डोम बस्तीमा अहिले बाँस खोजेर ल्याउने, फट्याउने, कप्टेरा र चोया काढ्ने र मागअनुसारका समान बनाउने काममा परिवारका सबै सदस्य लाग्ने गर्दछन् ।अन्यबेला अभावनै अभावमा बित्ने डोम समुदायमा मिठोमसिनो खाने, राम्रा लुगा लाउने र स–साना नानीको रहर पुरा गर्ने भाखा पनि घरमूलीले दीपावली र छठ जोडेर राख्ने गर्छन् ।

“के गर्नु हजुर, बरसभरि (वर्षभरि) को नगद खर्चको जोगाड (जोहो) गर्ने बेला यही हो, अहिले चुके बरसभरि नगद हेर्न पाइदैन” भङ्गाहा–५ सिद्धपुरका अगुवा प्रगाश भन्नुहुन्छ,“स–साना नानीको रहर र चाहना हामीले दीपावली र छठ पर्वमा पूरा गर्ने आश सोचेका हुन्छौंँ ।” अन्य बेला आफ्ना सीपको खासै माग नहुने हुँदा वर्षभरिको नगद खर्चको जोहो पनि यसै बेला गर्नुपर्ने दबाब हुने गरेको प्रगाशको भनाइ छ ।

दिपावली नजिकिँएर ग्राहक बाक्लिएपछि स–साना नानीको माग पनि बढन थालेको छ । “माय, दिवाली आ छठमें हम गुड्डी उडायब्, हमरा बहुते रङ्गके गुड्डी ला दिहे”(आमा, म तिहार र छठ पर्वमा चङ्गा उडाउँछु, मलाइ रङ्गीविरङ्गी चङ्गा ल्याइदिनुहोला), पर्वका लागि माग भएका कप्टेरा र चोयाका समान बुनिरहेकी बर्दिबास–१ की रामकली मरिकको छेउमै खेल्दै आइपुगेको छ÷सात वर्षका देखिने छोरा रमुवा मरिकले माग गरे । रामकलीले रमुवालाई दिपावलीमा चङ्गा ल्याइदिने बताउनुभएको छ ।

शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता आफ्नो अधिकारबारे पूरै बेखबर रहेका डोम स–साना कुराले झोपडीमा पुस्तौँदेखि गुजारा चलाइरहेका छन् । चरम गरिबी र अशिक्षाले जकडिएका डोम समुदायका लागि ठूलाबडाको मृत्यु हुँदा अग्नि संस्कारका लागि आगो बेचेर प्राप्त हुने आम्दानी, श्मसानघाटमा फालिएका बाँसका घोचा सङ्कलन गरेर बनाइएका चोयाका समान बेचेर प्राप्त हुने आम्दानी र सुङ्गँर पाल्ने पुख्र्यौली पेसाबाट प्राप्त हुने आम्दानी नै जीवन गुजाराको सहारा रहँदै आएको छ । तिहार र छठ चैं आपूmहरुले पनि निष्ठापूर्वक मनाइने भएकाले यी पर्वप्रयोजनका सामग्री नयाँ बाँस किनेर पवित्र मनले बनाइने गरिएको डोम बताउँछन् ।

जिल्लाभरिमा करिब तीन हजार जनसङ्ख्या रहेका डोम समुदाय जिल्लाका प्रत्येकजसो गाउँको पुछारमा छुट्टै बस्तीजस्तो देखिने गरी एक÷दुई घरमा बसोबास गरेका भेटिन्छन् । “गरिब छौँ, चाहिँदो खर्चको पनि अभाव छ, तर, स–साना नानीको मन त हो, गाउँमा अन्य समुदायका नानीका हातमा जे देख्छन्, घर आएर त्यसैको फर्माइस गर्छन्” लोहारपट्टी नगरपालिकाको डोठारा बस्तीका फुलदेव मरिक भन्नुहुन्छ,“नानीले भनेको कुरा दिन नसक्दा मन कुँडिन्छ, यतिबेला भने आफ्नो गच्छेले भ्याएको नानीहरुको रहर हामी पूरा गछौंँ ।”

सरकारी कार्यक्रमको प्रभावकारी अनुगमन नहुँदा अवसरबाटपछि परेका÷पारिएका डोमसहितका जाति समुदायको उत्थानको काम हुन नसकेको भङ्गाहा–४ की सामाजिक, राजनीतिक कार्यकत्र्ता हीरादेवी दाहाल बताउनुहुन्छ ।

२०७९ आश्विन ३०, आईतवार १६:२९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय