जनकपुरधाम : धनुषा क्षेत्र नं. १ मा त्रिपक्षिय प्रतिस्पर्धा कडा हुदै गएको छ । सत्ताधारी गठबन्धनवाट हाल समेत सांसद रहेका पुर्वमन्त्री मातृका प्रसाद यादव र नेकपा एमाले– जसपा नेपाल गठबन्धनबाट दिपक कार्कीको बिचमा एक्लै जनमतका उम्मेदवार किशोरी साह कमल चर्चामा रहेका छन् ।

क्षेत्रमा पर्ने रघुनाथपुर निवासी महादेव राउत भन्छन, ‘यसपालि क्षेत्र १ ले राजनितिको नयाँ डिस्कोर्श निर्माण गर्नेछ ।’

कांग्रेसको बाहुल्यता हुदा हुदै पनि कांग्रेस सिद्वान्त र गतिहिन भएको, एमालेले जेनुन नेतासंग अन्याय गरेको र मधेशवादी दलले सत्ता र स्वार्थको मात्र खेती गरेको कुरा जनताले बुझेको परिपेक्षमा कमल क्षेत्रवासीका लागि उत्तम विकल्प रहेको कतिपयको भनाई छ ।

बाहुल्यता हुदा हुदै पनि कांग्रेस, एमाले र माओवादीले क्षेत्रका लागि केहि गर्नु भन्दा पनि जनतालाई आफनो कब्जामा राखेर अस्वभाविक काम गर्न बाध्य बनाएको परिस्थितीमा आफनो सहज जित हुने कमलको दावी छ ।

२०७९ कार्तिक १८, शुक्रबार १७:५८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय