जनकपुरधाम । धनुषा क्षेत्र नं. १ मा सत्ता गठबन्धन र एमाले जसपा गठबन्धनबाट दिपक कार्की उम्मेदवार हुन् । यी दुई नेता २०७४ सालको निर्वाचनमा समेत आमने सामने थिए । तर यस पटकको निर्वाचनमा यी दूबै नेतालाई जनमत पार्टीबाट उम्मेदवारी दिएका किशोरी साह कमलले मतदाताहरुको आश्वासन पाईरहेका छन् ।

निर्तमान प्रदेशसभा सदस्य कमललाई एमालेले टिकट नदिएपछि जनमत पार्टीबाट प्रतिनिधिसभाको टिकट पाएका उनको चर्चा यी दुई उम्मेदवारभन्दा बढी भईरहेको पाइएको छ । एमालेले अन्याय गरेको भन्दै उनी मतदाताहरुको सहानुभूीत समेत पाईरहेका छन् । कमलले मतदाताबाट पाईरहेको आश्वासनले यादव र कार्की बिचको प्रतिस्पर्धामा उनले जित निकाल्न सक्ने सम्भावना बढेको छ ।

कांग्रेसको बाहुल्यता हुदा हुदै पनि कांग्रेस सिद्वान्त र गतिहिन भएको, एमालेले जेनुन नेतासंग अन्याय गरेको र मधेशवादी दलले सत्ता र स्वार्थको मात्र खेती गरेको कुरा जनताले बुझेको परिपेक्षमा कमल क्षेत्रवासीका लागि उत्तम विकल्प रहेको कतिपयको भनाई छ । बाहुल्यता हुदा हुदै पनि कांग्रेस, एमाले र माओवादीले क्षेत्रका लागि केहि गर्नु भन्दा पनि जनतालाई आफनो कब्जामा राखेर अस्वभाविक काम गर्न बाध्य बनाएको परिस्थितीमा आफनो सहज जित हुने प्रदेश सभा सदस्य समेत रहेका कमलको दावी छ ।

२०७९ कार्तिक १९, शनिबार १९:१४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय