काठमाडौं : यही पुष २७ गतेबाट प्रदर्शनमा आउन लागेको दीपक श्रेष्ठ निर्देशित फिल्म ‘पर्खि बसें तिमीलाई’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक ट्रेलर नव-अभिनेता किरण श्रेष्ठ र नव-अभिनेत्री रक्षा बुढाथोकीबीचको प्रेममा आउने उतार-चढावमा केन्द्रित छ । ट्रेलरमा अभिनेता शिव श्रेष्ठ रिसाहा पिताको रुपमा चित्रित छन् भने विल्सन विक्रम राईलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ ।

राजाराम बुढाथोकीको निर्माण र कोमल गुरुङको सह-निर्माण रहेको फिल्ममा अनिशा रसाइली, मनिष श्रेष्ठ आदिको पनि अभिनय छ । फिल्ममा शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको संगीत, संकल्प भुजेलको छायांकन, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, भुपेन्द्र अधिकारीको सम्पादन, निशा रसाइली र रामजी लामिछानेको कोरियोग्राफी छ ।

निर्देशक श्रेष्ठले किरण र रक्षामा क्षमता देखेर नै डेब्यू गराएको बताएका छन् । दुवैको अभिनय निकै परिपक्व रहेको उनको दाबी छ । उनले यसअघि फिल्म ‘पर्खि बसें’बाट राजबल्लभ कोइराला र युना उप्रेतीलाई डेब्यू गराएका थिए । दुई दशकअघिको सफल फिल्म ‘बादलपारी’को चर्चित गीत ‘कालो चश्मा लाऊ है मैयाँ विशाल बजारको’लाई रि-एरेञ्ज गरेर फिल्ममा समावेश गरिएको छ ।  साभार: फिल्मी खबर

२०८० पुष १०, मंगलवार ०७:२०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय