सीतापुर (महोत्तरी) , ५ चैत :  महोत्तरीको भङ्गाहा नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयका लागि प्रशासकीय भवन निर्माण कार्यको शिलान्यास भएको छ । भङ्गाहा-५ सीतापुरस्थित १० कठ्ठा १९ धुर जग्गामा आइतबार प्रतिनिधिसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले वैदिक मन्त्रोच्चारणबीच भवन शिलान्यास गर्नुभएको हो ।

कूल १० करोड ९१ लख ४२ हजार ६२३ रुपैयाँको लागतमा प्रशासकीय भवन बन्न लागेको नगर कार्यपालिकाको कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत विजयकुमार यादवले जानकारी दिनुभयो । भवन निर्माणका लागि नगरप्रमुख सञ्विकुमार साहकी माता पूmलकुमारी साहले जग्गादान गर्नु भएको हो । अहिलेको चलनचल्तीअनुसार जग्गाको मूल्य करिब दुई करोडको हाराहारी हुने प्रमुख प्रशासकीय अधिकृत यादवको भनाइ छ ।
शिलान्यास समारोहमा पूर्वमन्त्रीसमेत रहनुभएका भण्डारीले जग्गादाता पूmलकमारी र उहाँका पति अशेश्वर साहलाई दोसल्ला ओढाइ सम्मान गर्नुभयो । समाजमा हुनेले सामाजिक कार्यमा दिने पुरानो मैथिल परम्पराको साह दम्पतिबाट भएको नेता भण्डारीले स्मरण गर्नुभयो ।

भवन शिलान्यास भएको ठाउँ अहिलेको नगर कार्यपालिकाको कार्यालय नजिकै छ । हालको कार्यालय भवन नगरप्रमुख सञ्जिवकुमार साहको आफ्नो हो । यो भवन कार्यालय सञ्चालन प्रयोजनका लागि नगरप्रमुख साहले दुई वर्षअघि २०७८ मै निशुल्क उपलब्ध गराएको यसअघि नै घोषणा गरीसक्नु भएको छ । नयाँ भवन निर्माण कार्य सम्पन्न नभएसम्म कार्यालय सञ्चालनका लागि निशुल्क भवन उपलब्ध गराइरहने नगरप्रमुख साहले आफ्नो पुरानो प्रतिबद्धता दोहोर्‍याउनु भएको छ ।

नयाँ भवन निर्माण कार्य दुई वर्षभित्र पुरा हुने नगर कार्यपालिकाको कार्यालयले जनाएको छ ।

२०८० चैत्र ५, सोमबार ०९:४६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय