दिपक कुमार मिश्र

जनकपुरधाम, श्रावण ।

प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको मनहरपुरमा सडक शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओली र मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले संयुक्त रुपमा धनुषा क्षेत्र नं. १ स्थित मनहरपुर ज्ञान चोकमा सडक शिलान्यास गरेका हुन् ।

प्रधानमन्त्री ओली र सभामुख मण्डलले मधेश प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा धनुषाको मनहरपुर–हंसपुर हुँदै खरिहानी–सिमराढी जोडने १६.३५ किलोमिटर सडक शिलान्यास गरेका हुन् । कूल ६५ करोडको लागत बजेटमा निर्माण हुन लागेको सडकको ठेक्का निर्माण कम्पनीले ४४.४८ लाखमा कबोल गरेको छ ।

प्रधानमन्त्री ओली मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटन समारोहमा सहभागि भई महोत्तरीको सोनमा स्थित रघुनाथपुर देखि सुन्दरपुर सम्मको सडक शिलान्यास गर्न हेलिकप्टर बाट जाने कार्यक्रम रहेको सभामुखका स्वकीय रमेश कुमार मण्डलले जानकारी दिए ।

समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री सतिष कुमार सिंह, सभामुख रामचन्द्र मण्डल, भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादव, प्रतिनिधिसभा सदस्य लिलानाथ श्रेष्ठ सहित नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।


२०८२ श्रावण ३०, शुक्रबार १४:४७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय