काठमाडौं : नेकपा एमालेको सरकार जोगाउन वा नयाँ सत्ता समीकरणका लागि जनता समाजवादी पार्टी अहिलेको परिस्थितिमा निर्णायक बनेको छ ।

जसपालाई अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समर्थन गर्न सम्झौता गर्न तयार भएका छन् भने नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकारलाई समर्थन गर्न नदिन सक्दो कोशिष गरिरहेका छन् । जसपालाई अहिले आफूतिर तान्न कोशिष गरिरहेका छन् । तानातानको अवस्थामा रहेको जसपा भित्र समेत ठूलो भूकम्प जाने संकेत देखिएको छ ।

जसपाका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो केपी ओलीको सरकारलाई समर्थन गर्ने पक्षमा रहेका छन् भने उपेन्द्र यादव र डा. बाबुराम भट्टराई भने प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाएर मात्र सत्तामा जान जोड दिईरहेका छन् । उपेन्द्र यादवलाई पनि सकारात्मक बनाउन लागेको बेला एकाएक नेता यादव विपरित दिशा तर्फ लागेका छन् ।

जसपामा सत्ता समिकरणका लागि द्वन्द्व उत्पन्न भएका बेला उत्तरी छिमेकी चीनले पनि खेल्न थालेको छ । जसपाका एक उच्च नेताका अनुसार जसपा फुटाउन चिनियाँ राजदूतको सक्रियता बढेको छ । राजदूत होउ यान्छीले प्रचण्डतिर समर्थनमा रहेका उपेन्द्र यादवलाई पार्टी फुटाउने जिम्मा दिएकी छन् ।

रेशम चौधरीलाई रिहा गर्न तयार भएका प्रधानमन्त्री केपी ओली र रिहालाई मुख्य मुद्दा मानेर ओलीसँग सहमतिको नजिक पुगिसकेका महन्थ ठाकुर र राजेन्द्र महतो बिरुद्ध उपेन्द्र यादवको सक्रियता त्यसै भएको होइन् । यादबले रेशमको रिहाई रोक्न, ओलीसँगको सहमति भाड्न र आबश्यक परे जनता समाजवादी पार्टीलाई विभाजन गर्न समेतका गतिबिधिहरुको लागि चिनियाँ दूतावासबाट करिब ८ करोड रुपैयाँ लिएका छन् । यो पैसा सांसदहरुलाई आफूतिर मिलाउन तान्नका लागि भएको बुझिएको छ ।

हप्तैपिच्छे चिनियाँ राजदूत यान्छीसँगको भेटवार्तामा यादवले ओली बिरुद्ध माहोल बनाउनुका साथै छिट्टै ओलीलाई पदच्यूत गर्ने तथा महतो र ठाकुरको सक्रियतामा मधेसका मुद्दा सम्बोधन हुन नदिने भन्दै आश्वस्त पार्दै आएका छन् ।

प्रधानमन्त्री ओलीको नेतृत्व र ठाकुर र महतोको सक्रियतामा मधेस मुद्दा सम्बोधन भई रेश्म चौधरी रिहा हुँदा आफ्नो राजनीति नै सिद्धिने डरले यादव प्रचण्ड माधव समूह र चिनियाँहरुको शरणमा पुगेका हुन् ।

यसअघि पनि संसद विघटनपछि मधेसमा आन्दोलन चर्काउन उपेन्द्रलाई चीनबाट लाखौं पैसा आएको थियो । साथै प्रचण्डको नेतृत्वको सरकारमा गृहमन्त्रीको आश्वासन दिइएको थियो ।


२०७७ चैत्र १, आईतवार २०:१८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय