काठमाडौं : आज प्रतिनिधिसभा बैठक बस्दै छ । दिउँसो १ बजे नयाँ बानेश्वरमा रहेको संसद भवनमा सुरु हुने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले दुई वटा आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची सार्वजनिक भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको ६१औं वार्षिक प्रतिवेदनन-२०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक प्रतिवेदन-२०७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय गरिएको छ ।

यसबाहेक नेपाली कांग्रेसका नेता २०५८ सालको राष्ट्रिय सभा सदस्य तथा संविधान सभा सदस्य अशोक कोइरालाको निधनप्रति शोक प्रस्ताव र अनुपस्थितिको सूचना प्रस्तुत हुने कार्यक्रममात्रै रहेको छ ।


२०७७ चैत्र ६, शुक्रबार ०९:५८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय