
काठामाडौं : प्रेस मञ्च नेपाल र नेपाल पत्रकार महासंघबीच दुई बुँदे सहमति भएको छ ।
नेपाल पत्रकार महासंघ र प्रेस मंच नेपालबीच दुई बुंदे सहमति पत्रमा हस्ताक्षर संगै प्रेस मंच नेपालले सुरु गरेका आन्दोलनका कार्यक्रम स्थगन गरिएको छ ।
दुई बुंदे सहमति:
१. विभिन् जिल्लामा देखिएको सदस्यता विवाद समाथानमा मंचले राखेका माग सम्बोधनका लागि महासंघ प्रतिवद्ध छ । त्यसका लागि महासंघले निर्वाचन समितिलाई आग्रह गर्नेछ ।
२. महासंघको घोषित निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न मंच प्रतिवद्ध छ ।
सहमति पत्रमा प्रेस मंच नेपालबाट मंचका महासचिव निमेष कर्ण र नेपाल पत्रकार महासंघबाट संघ का सचिव प्रकाश थापाले हस्ताक्षर गरेका छन् ।
वर्षौ देखि नेपाल पत्रकार महासंघमा प्रक्रिया पूरा गरी डकुमेन्ट पेस गरेका जिल्लाका क्रियाशील पत्रकारहरूलाई लामो समयसम्म पनि सदस्यता नदिई विभिन्न बहानामा भइरहेको आलटालको विरोध स्वरूप पत्रकार महासंघका जिल्ला शाखाहरुमा प्रेस मंच नेपालले तालाबन्दी, विरोध तथा कार्यलय घेराउ गरेका थिए ।