
महोत्तरी : महोत्तरीको भंगहाबाट मंगलवार विहानै देखि बेपत्ता भएका ७ बालिका तथा किशोरीहरूलाई भारतको सितामढीबाट प्रहरीले सकुशल उद्धार गरेको छ । अलपत्र अवस्थामा बसिरहेकी ती बालिका तथा किशोरीहरूलाई सीतामढी प्रहरीले भारतको सितामढीे रेल्वे स्टेशनबाट सकुशल उद्धार गरि नेपाल प्रहरीको लगाएको हो।
सशस्त्र प्रहरी वल (बिओपि) जलेश्वर भिठ्ठामोडका शसस्त्र प्रहरी निरीक्षक बृख शाहीले दिएको जानकारी अनुसार विहारको सितामढी स्थित रेल्वे पुलिसले फेला पारी नेपाल प्रहरीलाई तत्कालै खवर गर्न साथ नेपालबाट शसस्त्र प्रहरी र नेपाल प्रहरी संयुक्त टोली उक्त स्थानमा पुगि ती बालिका तथा किशोरीको समुहलाई जिम्मा लिएर सकुशल नेपाल ल्याईएको हो।
उनीहरूको साथका अरु कोहि नभेटिएकाले कसैले बेच्न लैजाँदै गरेको हो कि भनेर भन्न नसिकने सीतामढी प्रहरीको तर्क छ । उनीहरूलाई भेरीफाइ गरेर नेपाल प्रहरी तथा परिवारजनलाई सुम्पने काम भइरहेको प्रहरीले बताएका छ । उनीहरूले सितामढी प्रहरीलाई दिएको बयान अनुसार उनीहरू गायिका बन्न हिडेका थिए ।
गायिक बन्ने होडमा मंगलबार दिउँसो घाँस काट्ने बाहानामा बेपत्ता भएका उनीहरू महोत्तरीको भंगहा नगरपालिका ८ धरमपुरकी ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान रहेका छन्। उनीहरू मध्ये अस्मिता पासवान उमावि भंगहामा कक्षा १२ मा अध्ययनरत छिन्। यस्तै रिया र ज्योति कक्षा ८ मा पढ्छन् भने सीमा र नगिना कक्षा ७ मा पढछन्। त्यस्तै अर्चना र रंजन कक्षा ५ मा अध्ययनरत रहेको उनीहरूको घरपरिवारले जनाएको छ ।